चट्याङ लागेर बालकको मृत्यु, दुई जना घाइते

माैलिक संवाददाता 1906+ समाचार ( )
१४ वैशाख २०८०, बिहीबार

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर  मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर  दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार