धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

माैलिक संवाददाता 2140+ समाचार ( )
७ अशोज २०७९, शुक्रबार

धनगढी । धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १६ स्थित उल्टापानी भन्ने नालामा ट्याक्टर दुर्घटना भएको हो । 

धनगढीबाट घोराही तर्फ गइरहेको ४३ वर्षीय हरीप्रसाद चौधरीले चलाएको से १ त ३५०३ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले बताएको छ । 

चालकको घटना स्थलमै मृत्यु भएको  र उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै