पहिरोले अबरुद्ध केआई सिंह राजमार्ग सुचारु

माैलिक संवाददाता 733+ समाचार ( )
५ अशोज २०७९

धनगढी । डोटीमा  पहिरो खस्दा  अवरुद्ध भएको केआई सिंह राजमार्ग  सुचारु भएको छ ।  अविरल बर्षाका कारण पहिरो खस्दा मंगलबारदेखि डडेल्धुरा दिपायल जोड्ने केआई सिंह राजमार्ग अवरुद्ध भएको थियो । 

राजमार्गको रडुवा खोलामा अवरुद्ध सडक सुचारु हुदा आवागमनमा सहज भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

प्रतिक्रिया