पत्रकार ऐर भण्डाफोर पत्रकारिता पुरस्कारबाट सम्मानित

माैलिक संवाददाता 1907+ समाचार ( )
७ जेठ २०८०, आइतबार

धनगढी । पत्रकार शेरबहादुर ऐर भण्डाफोर पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित भएका छन् । शिल्पी प्रकाशन प्रा.लि.द्वारा सञ्चालित भण्डाफोर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् ।

उनलाई पुरस्कार स्वरूप नगद १५ हजारसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको हो । पत्रकार ऐरले विगत १० वर्षदेखि धनगढीमा रही विभिन्न सञ्चार माध्यममा काम गरिसकेका छन् । हाल उनी धनगढी खबरका सम्पादक रूपमा काम गरिरहेका छन् । उनले राजनीति, स्वास्थ्य तथा वातावरण तथा सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन् । 

यस्तै भण्डाफोर पत्रकारिता पुरस्कार प्राप्त गरेका ऐरलाई पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले बधाई दिएका छन् । उनले कार्यक्रममा बोल्दै अहिले अवस्था यस्ता कार्यक्रमले पत्रकारलाई अझै काम गर्ने हौसला प्रदान गरेको बताए । 

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले पत्रकारिता पेसाबाट पलायन हुने अवस्थामा भण्डाफोर डटकमले गरेको कार्यक्रमले पत्रकारलाई थप हौसला मिलेको बताए । कोरोनाले पत्रकारले यस पेसाबाट पलायन हुने अवस्थामा यस प्रकारको कामले हौसला प्रदान गरेको बताए ।

भण्डाफोर डटकमका सम्पादक हिमेश विकले पत्रकार ऐरको आफ्नो लगन र मेहनतकै कारण वर्ष पुरस्कार पाउन सफल भएको बताए । उनले आफूले गरेको यस प्रकारको सम्मानले अरुले पनि सिक्ने बताए । उनले भण्डाफोर भनेको समाजमा रहेका विकृति र बिसंती विरुद्ध आवाज उठाउने माध्यम रहेको बताए । उनले आगामी दिनमा पनि यसले यस्तै नै काम गर्दै अघि बढ्ने बताए ।   कार्यक्रमको सञ्चालन तेज बोहराले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार