धनगढी । पूर्वीचौकी गाउँपालिकाले लिएका सरकारी गाडी बुझाउन अनुरोध गरेको छ ।
पालिकाले एक सूचना जारी गरी सरकारी कर्मचारीले लिएका सरकारी सवारीसाधन सानागाउँ प्रहरी चौकीमा बुझाउन अनुरोध गरेको हो ।
गाउँपालिकाबाट मोटरसाइकलको सुविधा लिएका कर्मचारीले दशैँको बिदाको समयमा सानागाउँ प्रहरी चौकीमा बुझाउन अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।