शैक्षिक संस्थालाई कमाइ गर्ने थलो बनाइँदै

माैलिक संवाददाता 733+ समाचार ( )
ऐश्वर्य विद्या निकेताद्वारा ३० प्रतिशत शुल्क बृद्धि
३ श्रावण २०७९

हिक्मत बम, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको सामुदायिक विद्यालय ऐश्वर्य विद्या निकेतनले शनिबार एक सूचना जारी गर्दै ३० प्रतिशतले शुल्क बृद्धि गरेको जनाएको छ । महंगी बढेको भन्दै ऐश्वर्य विद्या निकेतनले साउन १ गते आइतबारदेखि लागू हुनेगरी विद्यार्थीको मासिक तथा भर्ना शुल्क एकैपटक ३० प्रतिशत बृद्धि गरिएको जारी सूचनामा उल्लेख छ ।

विद्यालयले कोरोना कालमा शुल्क बृद्धि नगरिएको, २०७७ को बैशाखदेखि भदौसम्म कुनै शुल्क नलिएको तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको र सरकारले शिक्षक कर्मचारीको तलब बृद्धि गरेको कारण देखाउँदै शुल्क बढाएको जनाएको हो ।

तर, विद्या निकेतनले शुल्क बृद्धि गरेकोप्रति चौतर्फीरुपमा आलोचना हुँदै आएको छ । धनगढीको एक सामुदायिक  विद्यालयले गुणस्तरीय शिक्षालाई बेवास्ता गर्दै विद्यालयलाई कमाइ गर्ने थलो बनाउँदै आएको भन्दै चौतर्फीरुपमा आलोचना बढ्दै गएको हो ।

विद्यालयसंग विद्यार्थीको भविष्य जोडिएको हुन्छ । विद्यार्थीको भविष्यलाई नै चुनौती दिँदै ऐश्वर्य विद्या निकेतनले विद्यार्थीको शैक्षिक शुल्कमा एकैपटक ३० प्रतिशत बृद्धि गरेको छ । तर, चौतर्फी रुपमा आलोचना हुँदै आएको छ ।

एक सार्वजनिक शैक्षिक गुठी संस्था नै कमाइ गर्ने थलोका रुपमा देखिएको भन्दै अभिभावकहरुले असन्तुष्टि जनाएका छन । सार्वजानिक शैक्षिक गुठी संस्थालाई संघीय सरकारले स्थानीय सरकारको मातहतमा दिएको भएपनि स्थानीय सरकारको यसतर्फ निगरानी नहुँदा सामुदायिक विद्यालयहरु शैक्षिक माफियको हातमा परेको देखिन्छ । यसको एक उदाहरणका रुपमा ऐश्वर्य विद्या निकेतनलाई लिन सकिन्छ ।

विद्या निकेतनले ३० प्रतिशत शुल्क बढाएकोप्रति आक्रोस पोख्दै एक जना अभिभावकले हाम्रै लगानीबाट सञ्चालनमा ल्याइएको शैक्षिक गुठी संस्थाले महंगी बढेको वहाना गर्दै विद्यार्थीको शैक्षिक शुल्क बद्धि गर्नु गलत भएको बताए । उनले भने, ‘यदि शुल्क महंगीअनुसार बृद्धि गर्नुनै थियो भने अभिभावकहरुको सल्लाहमा गर्नुपर्ने थियो । तर, विद्या निकेतनले आफ्नै मनोमानी ढंगले शुल्क बृद्धि गर्दा धनगढीका अन्य निजी विद्यालयहरुलाई शुल्क बृद्धि गर्न प्रसय मिलेका छ ।

त्यस्तै, ऐश्वर्य विद्या निकेतनले २०७९ असार मसान्तसम्म एलकेजीमा मासिक शुल्क १ हजार ५०० लिदै आएको थियो । अहिले उक्त शुल्क ३० प्रतिशतले बृद्धि भएर १ हजार  ९ सय ५० रुपैँया कायम भएको छ । यो शुल्क साउन १ गते सोमबारदेखि ४ सय ५० रुपैँयाले बढेर कायम भएको हो । विद्या निकेतनले कक्षा ९ र १० को शुल्क २०७९ असार मसान्तसम्म २५९५ लिँदै आएको थियो । उक्त शुल्क ३० प्रतिशतले बृद्धि हुँदा अहिले ३ हजार ३ सय ७३ रुपैँया पुगेको छ । अहिले कक्षा ९ र १० को शुल्क ७७८ रुपैँयाले बृद्धि भएको छ ।

सार्वजानिक शैक्षिक संस्थानै कमाइ गर्ने थलो बन्दै गएपछि यसको निकै आलोचना हुँदै गएको छ । एक सामुदायिक विद्यालयले ३० प्रतिशत शुल्क बृद्धि गर्दा अन्य निजी विद्यालयलाई शुल्क बृद्धि गर्न प्रसय मिलेको बताइएको छ । पछिल्लो समय शैक्षिक संस्थाहरु गुणस्तरीय शिक्षा प्रदान गर्नु भन्दापनि शुल्क बढाउनमा प्रतिशप्रदा गरिरहेको देखिन्छ । जसको प्रत्यक्ष असर विद्यार्थीको भविष्य माथि पर्दै गएको

छ ।

यता ऐश्वर्य विद्या निकेतनका प्रचार्य पीएन ओझालाई ३० प्रतिशतले शुल्क बृद्धि गरिएको विषयमा बुभm\दा उनले हाम्रो विद्यालयले २०७९÷०१÷०१ गते विद्यालय सञ्चालन विनिमय ल्याएकोले सरकारी स्केलअनुसार शिक्षकलाई तलब दिन र इन्धनको मुल्य पनि बृद्धि भएकाले महंगीलाई मध्यनजर गर्दै शुल्क बृद्धि गरिएको बताए ।

कोरोना कहरका बेला पनि विद्यालयले शुल्क नबढाएको, कहरका बेला विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएकोले पनि २०७७ सालदेखि विद्यालय सञ्चालन गर्न २ करोड ८१ लाख रुपैँया अपुग भएकाले विद्यार्थीको शैक्षिक शुल्क ३० प्रतिशतले बढाएको बताए । ऐश्वर्य विद्या निकेतन सार्वजानिक शैक्षिक गुठी संस्था भएकाले अभिभावकहरुले सञ्चालन गरेको संस्थालाई बचाइ राख्न शुल्क निर्धारण गरिएको छ, उनले भने ।

उनले ऐश्वर्य सार्वजानिक शैक्षिक गुठी संस्थ भएपनि यसलाई स्थनीय, प्रदेश र संघीय कुनै पनि सरकारले सहयोग नगरेको बताए । यो वर्षमात्रै प्रदेश सरकारले विद्यालयएको चार कोठे भवन निर्माणका लागि बजेट बिनियोजन गरिएको उनले बताए ।

पटकपटक विवादमा आइरहने ऐश्वर्य विद्या निकेतन अहिले पनि ३० प्रतिशत शुल्क बृद्धि गरेको भन्दै विवादमा आएको छ । ऐश्वर्य विद्या निकेतनका कारण अन्य गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका विद्यालयहरु वदनामीत हुँदै गएका छन ।


प्रतिक्रिया