नेपाल-चीनबीच १६ अर्ब रुपैयाँको अनुदान सहयोग सम्झौता

माैलिक संवाददाता 1449+ समाचार ( )
१ मंसिर २०७९, बिहीबार

धनगढी । नेपाल र चीनबीच १६ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग सम्झौता भएको छ ।

चीनले यसअघि नै घोषणा गरेको उक्त रकमलाई नेपालले पाउने गरी मंगलबार नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको तर्फबाट चाइना इन्टरनेसनल डेभलेपमेन्ट कोअपरेसन एजेन्सीका प्रमुख लुओ चाओहुईले हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षरसँगै अब नेपालले विभिन्न परियोजनाका लागि चिनियाँ पक्षलाई प्रस्ताव पेस गरेर रकम लिन सक्नेछ । गत साउनको अन्तिम साता परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणको दौरान चिनियाँ समकक्षी वाङले नेपाललाई आर्थिक सहयोगको प्रतिबद्धता गरेका थिए ।

उनीहरुबीचको भेटवार्तापछि बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै नेपालले चीनबाट ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ) सहयोग सन् २०२२ मा पाउने उल्लेख थियो । तर अब उक्त सहषयोग नेपालले २०२३ सम्ममा पाउनेछ ।

यस्तै, तीन मिलियन आरएमबी ९करिब साढे ५ करोड रुपैंया० नेपालको विपद् व्यवस्थापनमा र दुई मिलियन आरएमबी (३ करोड ७८ लाख रुपैंया) मेडिकल सामग्रीका लागि नेपालले चीनले सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । हाल नेपालमा २१ वटा आयोजनामा चिनियाँहरुले काम गरिरहेको छ ।

प्रतिक्रिया