हैदरावादमाथि बैंग्लोर सानदार जित

माैलिक संवाददाता 2140+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

धनगढी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले सानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ ।

विहीबार रातिको खेलमा कोहलीले आईपीएलमा सर्वाधिक ६ शतक प्रहार गर्ने क्रिस गेलको कीर्तिमानी बराबरी गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादमाथि ८ विकेटको सानदार जित निकालेको हो। सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी गरे । कोहलीले ६३ बलमा १२ चौका र ४ छक्का मद्दतमा एक सय रन बनाए भने फाफ डुप्लेसीले ४७ बलमा ७१ रन योगदान गरे । डु प्लेसिसले ४७ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । उनीहरु १८ औं ओभरसम्म टिकीरहे । ग्लेन म्याक्सवेल ५ र माइकल ब्रेसवेल ४ रनमा नटआउट रहे ।

बलिङतर्फ भुवनेश्वर कुमार र टी नटराजनले एक–एक विकेट लिए ।

त्यसअघि राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । हेनरिक क्लासेनले शानदार शतक प्रहार गरे पनि टिमलाई जिताउन भने सकेनन् । उनले ५१ बलमा १०४ रन बनाए पनि अन्य ब्याटर सस्तैमा आउट भए ।

ह्यारी ब्रुक २७ नमा नटआउट हुँदा अभिषेक शर्मा ११, राहुल त्रिपाठी १५ र एडिन मारक्रम १८ रनमा आउट भए ।

बलिङतर्फ माइकल ब्रेसवेलले २ विकेट लिए  । यस्तै मोहम्मद सिराज, शाहबाज अहमद र हर्षल पटेलले समान एक–एक विकेट लिए ।

 प्लेअफमा पुग्ने सम्भावना कायम

यो जितसँगै बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । बैंग्लोर १३ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा उक्लेको छ र शीर्ष चारको होडमा कायम छ । बैंग्लोरले अब आफ्नो अन्तिम खेलमा जितेमा प्लेअफ पुग्नेछ । मुम्बईको पनि समान १४ अंक नै भएपनि नेट रनरेटमा बैंग्लोरअघि छ ।

अब आईपीएलमा सबै टिमले १/१ खेल खेल्न बाँकी छ । अहिलेसम्म साविक विजेता गुजरात टाइटन्सले प्लेअफमा स्थान बनाइसक्दा हैदरावाद र दिली क्यापिटल्स बाहिरिसकेका छन् ।

लिगमा शुक्रबार पञ्जाब किंग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ भने शनिबार चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स तथा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ । यस्तै आइतबार मुम्बई र हैदरावाद तथा बैंग्लोर र गुजरातबीच खेल हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार