बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान

माैलिक संवाददाता 1692+ समाचार ( )
बयालपाटा अस्पतालको सञ्चालक समिति गठन गरिएको छ । जिल्लाको साँफेबगर वडा नं. ७ मा रहेको ५० शय्याको अस्पतालको सञ्चालक समिति गठन गरिएको हो । साँफेबगर नगरप्रमुख राजेन्द्रबहादुर कुवँर सञ्चालक समितिको अध्यक्ष चयन भएका छन् ।
२४ माघ २०७९, मङ्गलबार

अछाम ।  जिल्लाको बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ। अमेरिकन नेपाल  मेडिकल एसोसियसनको सहयोगमा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको हो ।

एक करोड भन्दा बढीको लागतमा दैनिक ५० लिटर उत्पादन र ५० लिटर जम्मा गर्न मिल्ने क्षमताको अक्सिजन प्लान्ट सुरु भएको बयलापाटा अस्पतालले जनाएको छ ।

अक्सिजनप्लान्ट सुरु भएपछि अछामलगायत यस क्षेत्रका बिरामी तथा अन्य अस्पतालहरुलाई समेत सहजता हुने भएको छ । अन्य अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संघ संस्थाले अक्सिजन आवश्यक परे बयालपाटा अस्पतालमा आएर अक्सिजन भर्न सक्नेछन् ।

एद दिनमा उक्त अक्सिजन उत्पादन र भर्नका लागि ३५ किलोवाट बिधुत खपत हुने प्लाण्ट जडान गर्ने कम्पनी मेडी अक्सी  प्रालीका बायोमिडिकल इञ्जिनियर मदन भण्डारीले जानकारी दिए ।

उक्त जडान भएको अक्सिजन प्लान्टको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले प्लान्टको उद्घाटन गरेकाा थिए ।

अक्सिजन प्लान्ट सुरु भएकोमा खुसी व्यक्त गर्दै नगर प्रमुख कुवँरले यस क्षेत्रका जनतालाई अब सहजता हुने बताए । साथै उनले यसको दिगोपना र मर्मत सम्भारमा बिशेष खल गर्नुपर्नेमा जोड दिए । 

बयालपाटा अस्पतालको सञ्चालक समिति गठन

बयालपाटा अस्पतालको सञ्चालक समिति गठन गरिएको छ । जिल्लाको साँफेबगर वडा नं. ७ मा रहेको ५० शय्याको अस्पतालको सञ्चालक समिति गठन गरिएको हो । 

साँफेबगर  नगरप्रमुख राजेन्द्रबहादुर कुवँर सञ्चालक समितिको अध्यक्ष चयन भएका छन् । जसको सदस्यहरुमा जिल्ला समन्वय समिति प्रमुख वा प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्लाअधिकारी वा अधिकृत स्तरको कर्मचारी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना  रहेका छन् ।

यस्तै बान्नीगढी जयगढ गाँउपालिका अध्यक्ष टेक बहादुर साँउद, मंगलसैन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहरा, समाजसेवी महिलातर्फ गीता कुवँर, अस्पताल रहेको वडा नं ७ का अध्यक्ष हिक्मत कडायत सदस्य रहेका छन् । 

न्याय हेल्थ नेपालको तर्फबाट संस्थाका महासचिव एसपी कलौनी र डा अरुणा उप्रेती सञ्चालक समितिको सदस्य रहेका छन् भने सदस्य सचिवमा बयालपाटा अस्पताल प्रमुख डा मन्दीप पाठक रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार