गोदावरी धाममा नवनिर्मित कैवल्यनाथ मन्दिरको उद्घाटन

माैलिक संवाददाता 733+ समाचार ( )
२६ जेठ २०७९

कैलाली । कैलालीको गोदावरी धाममा नवनिर्मित कैवल्यनाथ मन्दिर (मोक्षद्वार) को उदघाटन गरिएको छ । मन्दिरमा स्थापना गरिएको पञ्चमुखी शिवलिङ्गको एक समारोहकाबीच १००८ स्वामी लोकानन्द माहाराजले प्राण प्रतिष्ठा गरेका हुन् ।

पुरानो कलात्मक शैलीमा मन्दिरको निर्माण गरिएको छ । २०७३ देखि मन्दिर  निर्माण सुरु गरिएको थियो । संघीय सरकारको शहरी विकास कार्यक्रमको सहयोगमा उपभोक्तामार्फत मन्दिर निर्माण गरिएको हो ।

झण्डै ढेड करोड बढीको लगानीमा मन्दिर निर्माण गरिएको गोदावरी धाम विकास समितिले जनाएको छ । गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले मन्दिर निर्माण भएसँगै यस क्षेत्रमा धार्मिक पर्यटन बढ्ने विश्वास व्यक्त गरेका छन् । 

प्रतिक्रिया