सिक्किमको हिमपहिरोमा परेर ३ नेपालीको मृत्यु

माैलिक संवाददाता 2089+ समाचार ( )
२२ चैत्र २०७९, बुधवार

काठमाडौँ । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ । सिक्किम सरकारले विज्ञप्ति जारी गर्दै गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

मृत्यु हुने तीन नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन् । नेपालबाट घुम्न गएका उनीहरू अचानक आएको हिमपहिरोमा परेका हुन् । तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । 

मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये रहेका छन् । त्यस्तै हिमपहिरोमा परेर १३ जना घाइते भएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै