घाइते भएका यार्सा संकलकको चार दिनपछि उद्धार

माैलिक संवाददाता 1906+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

धनगढी । दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ । मंगलबार उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, पिपलचौरी बास्पालीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमतीलाई नेपालगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।

शनिबार राति चट्याङ लागेर उनीहरू घाइते भएका थिए । मौसम खराबीका कारण उनीहरूको उद्धारमा ढिलाइ भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै