दार्चुलामा जीप दुर्घटना हुँदा ४ जना घाइते

माैलिक संवाददाता 2140+ समाचार ( )
२ अशोज २०७९, आइतबार

धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । सोमबार बिहान नौगाड गाउँपालिका ४ होपरीमा जीप दुर्घटना भएको हो ।

से १ ज १०७८ नम्बरको जीप दुर्घटनामा चालक धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनबिर टमटा घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते मध्ये चालक धामीको अवस्था गम्भीर रहेको र सबैको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै