चुरे जीप दुर्घटनामा गम्भीर घाइते भएका ठगुन्नाको मृत्यु

माैलिक संवाददाता 2140+ समाचार ( )
२७ चैत्र २०७९, सोमबार

धनगढी । कैलालीमा आइतबार सु.प.प्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका एक जनाको मत्यु भएको छ ।

जिल्लाको चुरे गाउँपालिकाको ६  भीमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा जीप दुर्घटना हुँदा ४ जना घाइते थिए । गम्भीर घाइते चुरे गाउँपालिका ६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए । उनको गए राती नै उपचारका क्रममा मृत्यु भएको हो ।

मेलकट्टेश्वर मावि चुरे ६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसइई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जीप दुर्घटनामा परेर मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा वर्ष १७ का हरिश धामी, वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन् । घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था अहिले सामान्य रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

घाइतेहरू पनि एसइई दिइएर घर फर्किरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् । जीपको स्टेरिङ कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडी दुर्घटना भएको खुलेको छ । गाडी चालक नरसिँङ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार