आजदेखि विश्वकप क्रिकेट सुरु

माैलिक संवाददाता 1449+ समाचार ( )
३० असाेज २०७९, आइतबार

धनगढी । आज आइतबारदेखि आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता अस्ट्रेलियामा सुरु हुँदैछ। 

तीन सातासम्म चल्ने विश्वकपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। अस्ट्रेलियामा आयोजना हुने विश्वकप आठौँ संस्करण हो । आज हुने उद्घाटन खेलमा श्रीलंका र नाविबियाबीच भिड्नेछन् । 

विश्वकप पुरुष विजेताले २१ करोड ६५ लाख रुपैयाँ पाउने भएको छ । उपविजेताले १० करोड ८२ लाख रुपैयाँ पाउने आइसिसीले जनाएको छ। 

पछिल्लो संस्करण सन् २०२१ मे मा भएको प्रतियोगिताको उपाधि अस्ट्रेलियाले जितेको थियो । यसपल्ट अस्ट्रेलियासामु आफ्नै गृहभूमिमा उपाधिको रक्षा गर्ने अवसर हुनेछ र यही टिमलाई उपाधिको सबैभन्दा ठूलो दावेदार मानिएको छ । अस्ट्रेलियापछि भारत र इंग्ल्यान्ड दुवै उत्तिकै बलिया दाबेदार हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार