काठमाडौं । चितवन(२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा ११५५ मतसहित रविले अग्रता बनाएका हुन् ।
अहिले चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ । भरतपुरस्थित उद्योग वाणिज्य संघको हलमा मतगणना भइरहेको छ ।
चितवन-२ इच्छाकामनाको खसेको कुल मत ९४४४ रहेको छ । जसमा लामिछाने ११५५ प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ र एमालेका रामप्रसाद न्यौपाने ६६५ प्राप्त गरेका छन् ।
चितवनमा रास्वपाका सभापति लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेसहित २२ जना उम्मेदवार छन् । आइतबार भएको उपनिर्वाचनमा चितवन २ मा ७८ हजार २७७ मत खसेको थियो ।