फिलिपिन्समा आगलागी हुँदा सातजनाको मृत्यु, ६० परिवार घरवारविहीन

माैलिक संवाददाता 2089+ समाचार ( )
२६ चैत्र २०७९, आइतबार

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा दुई वर्षीया बालिका र १२ वर्षीय बालकसहित सातजनाको मृत्यु भएको छ ।

राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे सहरमा तीव्र गतिमा फैलिएको  आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए  ।

अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ। उक्त  आगलागीका कारण ६० भन्दाबढी परिवार घरवारविहीन भएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै