सुदूरपश्चिममा नौ पूर्वमन्त्री पराजित

माैलिक संवाददाता 2140+ समाचार ( )
११ मंगशिर २०७९, आइतबार

धनगढी । सुदूरपश्चिममा सङ्घीय नौ पूर्वमन्त्रीहरु आमनिर्वाचनमा पराजित भएका छन् । ती मध्ये सबैभन्दा बढी कैलालीका पाँच जना पूर्व मन्त्री पराजित भएका छन् ।

प्रधानमन्त्री सहित तीन जना बहालवाला सङ्घीय मन्त्री भने विजयी हुनु भएका छन । विजयी हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद वडु दार्चुला र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अछामबाट रहेका छन । विभिन्न निर्वाचन क्षेत्रमा १३ जना पूर्वमन्त्रीहरु चुनाव लडेकोमा आठ जना असफल भएका हुन ।

कैलाली क्षेत्र नम्बर ४ बाट दुई पटक निर्वाचन जितेका लेखराज भट्टको संसदीय यात्रा रोकिएको छ । यसअघि, भट्टले २०६४ मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जित हासिल गरेका थिए ।

यसै गरी, कैलाली क्षेत्र नं. १ मा पूर्व मन्त्री राम जनम चौधरी अत्यधिक मतान्तरले पराजित हुनु भएको छ । त्यस्तै, कैलाली क्षेत्र नं। ३ मा पूर्व मन्त्री गौरीशङ्कर चौधरी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हार व्यहोर्नु व्यहोरेका छन ।

चुनाव हार्ने पुर्व मन्त्रीमा मा कञ्चनपुर क्षेत्र नं. १ बाट विना मगर, दार्चुलाबाट गणेश ठगुन्ना र कैलालीका नारदमुनी राना पनि छन ।यस्तै गरेर बैतडीमा स्वतन्त्र उम्मेदवार हुनु भएका केशवबहादुर चन्द पनि तेस्रो स्थानमा सीमित भए । उनी नेपाली काङ्ग्रेसबाट राज्यमन्त्री र २०७४ मा पाटन नगरपालिकाको मेयर थिए ।

सफल हुनेमा पूर्व मन्त्रीमा वीरबहादुर बलायर, बझाङबाट पूर्व मन्त्री भानुभक्त जोशी, डोटीबाट प्रेम आले मगर र बैतडीमा पूर्व राज्यमन्त्री भण्डारी छन । बाजुरामा पूर्व मन्त्री कर्णबहादुर थापा चुनाव लडेका भएपनि सो क्षेत्रमा अझै मतगणना भएको छैन ।

सुदूरपश्चिम प्रदेशका चार जना बहालवाला मन्त्रीले पनि प्रदेश सभा सदस्यतर्फ चुनाव लडेका थिए । जसमध्ये दुई जनाको जित र दुई जनाको हार भएको छ । नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी कैलाली क्षेत्र नं. ४ प्रदेश सभा ‘क’ बाट पुनः निर्वाचित भएका छन । तर, आन्तरिक मामिला तथा कानूनमन्त्री डा। रणबहादुर रावल भने पराजित भएका छन ।

यस्तै कञ्चनपुर नं. ३ ‘क’ आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल विजयी भएका छन भने डडेलधुरा ‘ख’ बाट सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा पराजित भएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार