धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
उनीहरुले आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् । सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै रहने बताएको छ ।
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन् । पुन १३ गते सर्वोच्च अदालतले नागरिकता अवैध गठहर गरेपछि रास्वपाका सभापति रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा दिएका थिए ।