प्रदेश कमाण्ड पोष्टद्वारा बैतडीको शान्ति सुरक्षाबारे अनुगमन

माैलिक संवाददाता 2140+ समाचार ( )
१ मंगशिर २०७९, बिहीबार

बैतडी । बैतडी सुदूरपश्चिम प्रदेश कमाण्ड पोष्टले बैतडीको शान्ति सुरक्षाका बारेमा अनुगमन गरेको छ । प्रदेशका प्रमुख सचिव नारायणप्रसाद दुवाडी शर्मा नेतृत्वको कमाण्ड पोष्टले बैतडीको शान्ति सुरक्षाका बारेमा अनुगमन गरेको हो । 

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार बुधबार बैतडी पुगेको टोलिले निर्वाचन लक्षित सुरक्षा अवस्था, निर्वाचन तयारी, सुरक्षा परिचालन लगायतका बारेमा अनुगमन गरेको थियो । टोलिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लास्थित सुरक्षा समितिले गरेको तयारीका बारेमा जानकारी लिएको उनले बताए ।  

टोलिमा सुदूरपश्चिम पृतना हेडक्वाटरका उपरथी विजय थापा, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव माहानिरीक्षक मोहन आचार्य, शसस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक विश्वकुमार भट्टराईको पनि सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै