जाजरकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

माैलिक संवाददाता 2140+ समाचार ( )
२७ जेठ २०७९, शुक्रबार

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । ८ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी ३४ वर्षीया कालिका शाही, सोही गाँउपालिका–५ शिवपुरीकी अन्दाजी ४० वर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ वर्षीय दर्शन शाही रहेका छन् । 

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अन्य सबैलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोट तर्फ पठाइएकोमा हेलिकप्टरद्वारा थप उपचारको लागी सुर्खेत पठाउने तयारी भइरहेको छ । 

घाइतेमध्ये चालकसहित ३ जनाको अवस्था गम्भीर रहेको छ । लुहादहबाट शिवपुरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको जिप आज बिहान साढे ७ बजे एक्कासी ब्रेक फेल भएर पल्टिएको ईलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार