स्ववियु निर्वाचन ५ चैतमा गर्न सिफारिस

माैलिक संवाददाता 2140+ समाचार ( )
२१ पौष २०७९, बिहीबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियू)को विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचनको मिति ५ चैतमा तय गर्न त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको छ ।

बिहीबार बसेको विद्यार्थी कल्याण परिषदको बसेको बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्नको लागि त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।

उनका अनुसार सबै डीन, निर्देशक तथा विद्यार्थी संगठनका केन्द्रीय अध्यक्षसँग छलफल गरेर मिति तय गर्न सिफारिस गरिएको हो ।

शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार