पश्चिम सेती परियोजना र भारतीय कम्पनीवीच सम्झौता

माैलिक संवाददाता 1449+ समाचार ( )
३ भदाै २०७९, शुक्रबार

काठमाण्डौँ । राष्ट्रिय गौरवको आयोजना पश्चिम सेती आयोजना र भारतीय एनएचपीसी कम्पनीवीच सम्झौता भएको छ । विहीबार ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी ६ संयुक्त जलविद्युत परियोजनाको लागि नेपालले भारतीय एनएचपीसी कम्पनीसँग सम्झौता गरेको हो । लगानी बोर्ड बोर्ड बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी (६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो । सोहीअनुसार सम्झौता भएको हो ।

लगानी बोर्डले पश्चिम सेतीसँगै एसआर ६ सँगै बनाउँदा पश्चिम सेतीलाई ७५० मेगावाट र एसआर ४५० मेगावाट बनाउन सकिने निष्कर्ष निकालेको छ । एसआरको लागत अनुमान १ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । कुल १२ सय मेगावाटको आयोजना बनाउन झण्डै ३ खर्ब लागत रहेको छ। शोकेसअनुसार तत्कालीन मूल्यमा १ खर्ब ६० अर्ब लागत अनुमान गरिएकोमा हालको मूल्यअनुसार आयोजनाको लागत १ खर्ब ८२ अर्ब गर्ने अनुमान बोर्डको छ ।

पश्चिम सेती आयोजना २०५४ सालमा अस्ट्रेलियाको स्मेकलाई निर्माणको लागि जिम्मा दिइएको थियो । सम्झौताअनुसार उक्त कम्पनीले काम नगरेपछि २०६६ मा सरकारले सम्झौता तोडेको थियो ।पछि फेरि २०६८ मा चीनको थ्रि गर्जेजसँग समझदारीपत्रमा हस्ताक्षर भएको थियो । चिनियाँ कम्पनीले पनि होल्ड मात्रै गरेर पछि नसक्ने बताएपछि यसको निर्माणबारे अन्योल रहँदै आएको थियो । लगानी सम्मेलन मा समेत लगानी बोर्डले पश्चिम सेती शोकेस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार