धनगढीमा एक व्यक्तिको घरमा भेटियो भारतबाट चोरेर ल्याईएको भारतीय ८ लाख रुपैयाँ

माैलिक संवाददाता 2140+ समाचार ( )
२९ भाद्र २०७९, बुधवार

धनगढी । धनगढीमा भारतबाट चोरेर ल्याइएको भारतीय  ८ लाख रुपैयाँ घर भित्र लुुकाएर राखेको अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कायार्यलय कैलालीले धनगढी उपमहानगरपालिका १८ का ३२ वर्षीय हिरा विकले भारतको बम्बईबाट पैसा चोरी ल्याएको भन्ने सूचनाका आधारमा सो रकम फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार विकको घरको गहुँ राख्ने भकारीभित्र ८ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको हो । यस्तै  विकलाई धनगढी उपमहानगरपालिका १६ को रामपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा मङ्गलवार दिउँसो पक्राउ गरेको जनाएको छ ।

थप अनुसन्धानको लागि उक्त पैसा र निज व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार