सुदूरपश्चिममा पहिलो कार्यकालको नेत्तृत्व एमाले गर्दै, राजेन्द्र मुख्यमन्त्री बन्दै

माैलिक संवाददाता 2140+ समाचार ( )
२५ पौष २०७९, सोमबार

धनगढी । सुदूरपश्चिम सरकारको नेत्तृत्व आलोपालो गर्ने सहमती भएको छ । सहमती भएअनुसार सुदूरपश्चिममा पहिलो कार्याकालको नेत्तृत्व नेकपा एमालेले गर्ने भएको छ । 

सुदूरपश्चिम सरकारको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री एमाले संसदीय दलका नेता राजेन्द्रसिँह रावल  बन्ने भएका छन् । सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएपछि एमालेका रावल मुख्यमन्त्री बन्ने भएका हुन् ।

सुदूरपश्चिम प्रदेश एमालेको भागमा परेको माओवादीबाट प्रदेश सभामा विजयी अक्कलबहादुर रावलले बताए । उनका अनुसार सुदूरपश्चिममा पहिलो चरणमा एमालेको  मुख्यमन्त्री हुनेछ । एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन् । माओवादीले दोस्रो चरणमा मुख्यमन्त्री पाउनेछ । माओवादीका दलका नेता खगराज भट्ट साढे २ वर्षपछि सुदूरपश्चिमको मुख्यमन्त्री हुने छन । एमाले संसदीय दलका नेता रावलका अनुसार सुदूरपश्चिम एमालेको भागमा परेपनि औपचारीक्ता बाँकी छ । 

सुदूरपश्चिम र वागमती प्रदेशमा एमाले र माओवादीले आलोपालो प्रदेश सरकारकोे नेतृत्व गर्ने भएको हो। सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने छ भने वागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार