कैलालीको पूर्वी क्षेत्रका ५ सय बढी घर डुवानमा

माैलिक संवाददाता 2089+ समाचार ( )
१ अशोज २०७९, शनिबार

धनगढी । कैलालीको पूर्वी क्षेत्रका ५ सय बढी घर डुवानमा डुवानमा परेका छन् । बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण पूर्वी क्षेत्रका ५ सयभन्दा बढी घर डुवानमा परेका हुन् । 

जिल्लाको भजनी नगरपालिका-८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । 

यस्तै सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका २५० घर डुवानमा परेको बताइएको छ । डुवानमा मानविय क्षति भने नभएको प्रहरीले बताएको छ । नदीको वहाव बढ्ने क्रम जारी रहेकाले सर्तक रहन आग्रह गरिएको छ । 

त्यस्तै, कञ्चनपुरको वनहरा शिविर डुवानमा परेको छ । पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती शनिवार बिहानैदेखि डुवानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका हुन् । 

शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने शिविरका ३० भन्दा बढी घर डुवानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० जनालाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको बताएको छ ।

वडा नम्बर १२ को वैवाहमा पनि नदीको कटानले बस्ती डुवानको खतरामा रहेको छ ।

नदी आसपासका नागरिकलाई सर्तक रहन आग्रह

कैलालीको कान्द्रा नदी आसपासका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ । नदीमा जलसतहले खतरा तह पार गरेको र अझै जलस्तर बढ्ने भएकाले सर्तक रहन आग्रह गरिएको हो । 

होचा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै