श्रीमतीको हत्या गरेर फरार युवक पक्राउ

माैलिक संवाददाता 733+ समाचार ( )
६ अशोज २०७९

धनगढी । कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा श्रीमन्ले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए ।

वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । आज बिहान घटना घटाइ फरार रहेका उनलाई गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनले आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या र आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका थिए । लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया