यी स्थानहरुमा बिहानैदेखि वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

माैलिक संवाददाता 1906+ समाचार ( )
५ चैत्र २०७९, आइतबार

धनगढ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण वाग्मती, मधेस र कोसी प्रदेशका केही भू–भागमा मेघगर्जनरचट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,’ महाशाखाबाट आउँदो २४ घण्टाका लागि जारी चेतावनी तथा परामर्शमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार