खप्तड क्षेत्रमा भारि हिमपात

माैलिक संवाददाता 1906+ समाचार ( )
८ चैत्र २०७९, बुधवार

धनगढी । खप्तड क्षेत्रमा भरि हिमपात भएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड राष्ट्रि निकुञ्जमा हिमपात भएको हो । हिमपातसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । 

आइतबार रातिदेखि खप्तड क्षेत्रमा हिमपात भएको हो । यो वर्ष खप्तडमा हिउँ परेको यो तेस्रो पटक हो । हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको छ । हिउँले खप्तडमा डाँडाकाँडा सेताम्मे बनेका छन् ।

हिउँ करिब एक फिट जति परेको खप्तड झिग्राना घरबासका सञ्चालक तथा व्यापारी दीपकबहादुर खड्काले बताए । उनले खप्तडलगायतका क्षेत्रमा एक फिट हिउँ परेको बताउँदै हिमपातका कारण चिसो बढेको बताए । हिमपातले खप्तड क्षेत्रको दृश्य निकै मनोरम देखिने भएकाले यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो हुने खड्काले बताए ।

हिमपातका कारण खप्तड आसपासका क्षेत्रमा टेलिफोन सम्पर्कमा समेत समस्या आएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन गोपाल घिमिरेले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै