लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ

माैलिक संवाददाता 2140+ समाचार ( )
१५ वैशाख २०८०, शुक्रबार

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन् । चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

चौधरी हिजो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति लगायत दलको समर्थन रहेको छ ।

यसअघी मुख्यमन्त्री रहेको नेकपा एमालेका नेता लिला गिरीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि चौधरी नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार