धौलीगंगा बाँध आसपासका बासिन्दालाई सतर्क रहन दार्चुला प्रशासनको आग्रह

माैलिक संवाददाता 2089+ समाचार ( )
२५ आश्विन २०८०, सोमबार

धनगढी । भारतले भोली (असार २६ गते) धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ । बाँध खोल्ने भएपछि दार्चुला प्रशासनले महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन आग्रह गरेको हो ।

भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएका छन् ।

सिल्ट सफाइका लागि असार २६ गते बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँध खोल्न लागिएको पत्रमा उल्लेख छ ।

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीको जलस्तर बढ्दछ । त्यसैले महाकाली नदी किनारमा बसोबास गर्दै आएका बासिन्दालाई बाँध खोलिने अवधिभर र त्यसपछि पनि सतर्कता अपनाउन दार्चुला प्रशासनले अनुरोध गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै