बझाङमा सुरक्षित आवास कार्यक्रम : जोखिमपूर्ण घर मर्मत हुने

माैलिक संवाददाता 1907+ समाचार ( )
७ जेठ २०८०, आइतबार

टेकेन्द्र बोहरा,बझाङ । सरकारले सुरक्षित आवास कार्यक्रम अन्र्तगत जोखिमपूर्ण घर मर्मत गर्ने भएको छ । यस वर्ष बझाङ जिल्लाका १ हजार ५ सयभन्दा बढी घर मर्मत हुने भएका  हुन् । सुरक्षित आवास कार्यक्रम अन्र्तगत जिल्लाका १२ स्थानीय तहमा रहेका जोखिमपूर्ण तथा खर परालले छाएका घरहरू मर्मतसम्भार हुने भएका छन् ।

जिल्लाको जयपृथ्वी नगरपालीकामा १ सय ४८ घर मर्मतको कोटा आएको छ भने बुुंगल नगरपालिकामा १ सय ५८ कोटा, तलकोट गाउँपालिकामा १ सय २८, मष्टा गााउँपालिकामा १ सय १५, खप्तडछान्ना गाउँपालीमा १ सय २१, थलारा गाउँपालिकामा ७८, वितथडचिर गाउँपालिकामा १ सय २१ कोटा परेको छ ।

त्यस्तै सुर्मा गाउँपालिकामा १ सय १०, छविसपाथीभेरा गाउँपालिकामा २ सय, दुुर्गाथली गाउँपालिकामा १ सय ३०, केदारस्युँ गाउँपालिकामा १ सय ५८ र साइपाल गाउँपालिकामा ७८ वटा कोटा परेको सघन सहरी तथा भवन निर्माण आयोजना डोटीका कार्यालय प्रमुख तुलसीराम खरभुजाले जानकारी दिए ।

गत वर्ष पालिकामा आएको कोटा र काम गर्दा भए देखिएका समस्याका बारेमा पनि जानकारी दिए । प्रतिनिधिसभा सदस्य संयोजक रहने सुुरक्षित नागरिक आवास कार्यक्रमको जिल्ला समन्वय प्रमुख सदस्य र आयोजना प्रमुख सदस्य सचिव रहने व्यवस्था रहेको छ ।

विहीबार सम्पन्न भएको बैठकमा पालिका प्रमुखहरूले अघिल्लो वर्ष छनौट भएका सुुरक्षित नागरिक आवास कार्यक्रमको काम गर्दा देखेभोगेका समस्याहरू र आगामी दिनका लागि सुुझाव दिएका थिए । सरकारले यस्ता घर मर्मतका लागि अघिल्लो वर्ष ५० हजार थियो भने अहिले ७५ हजार अनुुदान दिने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार