एकै वर्षमा राष्ट्रिय वन क्षेत्रमा तस्करी गरेको आरोपमा ६१ जना पक्राउ

माैलिक संवाददाता 2140+ समाचार ( )
२ श्रावण २०७९, सोमबार

राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गरेको आरोपमा ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो ।

डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार छन् । पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरू गरिएको छ । यस्तै, वन्यजन्तु चोरी सिकारी मुद्दामा दुई जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । खनालका अनुसार पक्राउ परेका व्यक्तिबाट सालको गोलिया ५११ दशमलव ४१ क्यूफिट, चिरान काठ ६७२ दशमलव चार क्यूफिट रहेको छ ।

यस्तै, चाप चिरान काठ ४० दशमलव १७ क्यूफिट, उत्तिस ३५ दशमलव ५६ क्यूफिट, चिलाउने नौ क्यूफिट काठ बरामद गरिएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७७र७८ मा वन पैदावार चोरीमा ३७ र वन्यजन्तुका मुद्दा आठ दर्ता भएका थिए ।  डिभिजन वन कार्यालयले ५७ हजार ६५० हेक्टर क्षेत्रफलको वन हेर्दै आएको छ ।

यसमा  बरडाभार क्षेत्रमा १० हजार ३०२ हेक्टर क्षेत्रफल पर्दछ । खनालका अनुसार बरण्डाभार क्षेत्रमा बढी मात्रामा चोरी हुने गरेको छ । यस्तै, राप्ती र खैरहनी नगरपालिका क्षेत्रबाट समेत वन पैदावार चोरीरतस्करी हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा तीन करोड ६९ लाख छ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षमा दुई लाख ५० हजार बिरूवा उत्पादन गरी वितरण गरेको छ । खनालका अनुसार बिरूवा असार १४ गतेदेखि वितरणको प्रक्रिया सुरू गरिएको हो। शीतल चिनी, तेजपात, हर्रो, बर्रो, बेल, धुपी, अमला कपुर जस्ता ३९ प्रजातिका बिरूवा वितरण गरिएको उनले जानकारी दिए ।

अहिलेसम्म ६५ प्रतिशत वितरणको काम सम्पन्न भइसकेको छ । अन्य बिरूवा वितरणको काम जारी रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार