माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ?

माैलिक संवाददाता 2089+ समाचार ( )
२१ श्रावण २०८०, आइतबार

धनगढी । नेकपा माओवादी केन्द्रका पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकिएको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले पदाधिकारीसहित ४०७ जनाको जिम्मेवारी तोकेको हो ।

बैठकले समग्र पार्टीको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ । उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।

त्यस्तै अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ भने पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ ।

उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश र जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्ज, सचिव देवेन्द्र पौडेललाई मधेश प्रदेशको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र चन्द्रप्रकाश खनाल कर्णाली प्रदेश इन्चार्ज तोकिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार