फेरी चुनाव लड्ने होडमा काठमाडौंका ११६ जनप्रतिनिधिले दिए राजीनामा

माैलिक संवाददाता 2140+ समाचार ( )
१२ वैशाख २०७९, सोमबार

काठमाडौं । काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका लागि उनीहरूले पदबाट राजीनामा दिएका हन् । कमपाको सहायक प्रवक्ता महेश काफ्लेले आइतबार साँझ ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जना र अन्य ८७ वडा सदस्यहरूले पनि राजीनामा दिएको बताए । 

स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजीनामा दिएका हुन् । महानगरको ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षले भने राजीनामा दिएका छैनन् । आज पनि उम्मेदवारी दर्ता गर्ने समय रहेकाले अन्य जनप्रतिनिधिबाट राजीनामा आउने सम्भावना रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार