धनगढी । सुदूरपश्चिम महोत्सव आज सकिँदैछ । मंसिर २ गतेदेखि धनगढीमा सुरु भएको महोत्सव १३औं आज (मंगलबार) सकिन लागेको हो ।
महोत्सवको समापन सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले गर्ने आयोजकले जनाएको छ ।
कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म महोत्सव सञ्चालन गर्दै आएको भएपनि व्यापारीहरुको मागअनुसार महोत्सव तीन दिन थप गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले संघले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गरिँदै आइरहेको छ। यसअघि महोत्सव उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।