डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुक्यो : एमाले

माैलिक संवाददाता 733+ समाचार ( )
५ अशोज २०७९

काठमाडौ । नेकपा एमालेले डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ। आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ ।’


प्रतिक्रिया