रास्वपा संसदीय दलको नेतामा रवि

माैलिक संवाददाता 2140+ समाचार ( )
४ पौष २०७९, सोमबार

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले सभापति लामिछाने दलको नेता चयन गरेको हो ।

बैठकबाट लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।

आज बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै