२०७९ साल साउन २३ गते सोमबार
×

धनगढीमा प्रहरी अस्पताल सञ्चालनमा

धनगढी  कैलालीको धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र उक्त अस्पताल खोलिएको हो ।

प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखा धनगढीमा पनि खुलेको हो ।  सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले अस्पतालको सोमाबार नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले उद्घाटन गरेका छन्। अस्पताल उद्घाटन कार्यक्रममा धनगढीका मेयर गोपाल हमाल अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

उक्त अस्पतालले आजैबाट सेवा सुरु गर्ने बताइएको छ । विशेषज्ञसहितको सेवा दिने उक्त अस्पतालबाट केही समयपछि शल्यक्रिया सेवा समेत प्रदान गर्ने योजना रहेको छ ।

प्रतिक्रिया