दिगो विकाससँगै नीतिगत सुधार गर्नेछु : मन्त्री देउवा

माैलिक संवाददाता 1906+ समाचार ( )
५ फाल्गुन २०७९, शुक्रबार

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले दिगो विकाससँगै नीतिगत सुधार गर्ने बताएका छन् । विहीबारदेखि डडेल्धुरामा सुरु भएको ५औं डडेल्धुरा महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री देउवाले दीगो विकासको अवधारणलाई अबलम्बन गर्दै भौतिक संरचना निर्माण गरिने बताएका हुन् । 

मन्त्री देउवाले नीतिगत सुधारका माध्यमबाट विकासका कामलाई रोजगारीमा सिर्जना गर्ने बताए । उनले  मेलाले डडेल्धुरा मात्र नभई समग्र सुदुरपश्चिमकै व्यवसायिक सम्भावनाको उजागर गर्ने बताए ।

साना, घरेलु तथा उद्योग, कृषिजन्य उत्पादन सुदुरपश्चिमको आर्थिक गतिविधिका आधार भएको बताउँदै मन्त्री देउवाले उत्पादनमा जोड दिने  हो भने अर्थतन्त्रलाई थप बलियो र चलायमान बनाउन सकिने बताए । महोत्सवले उत्पादनको प्रवर्द्न तथा बजारीकरण गर्नमा टेवा पु¥याएको उनको भनाई छ । 

मन्त्री देउवाले पूर्वाधारको विकासले उद्योग व्यापारको अवस्थामा सुधार ल्याउन सकिने कुरालाई आत्मसाथ गर्दै प्रदेश सरकारका तर्फबाट सबल अर्थतन्त्र निर्माणका लागि अहोरात्र खटिने प्रतबिद्वता व्यक्त गरे ।

कृषि तथा वन पैदावारमा आधारित उद्योग, साना लगानिका व्यावसायसँगै जिल्लामा पर्यटनको पर्याप्त सम्भावना भएकाले यसको समुचित प्रयोगबाट नै समृद्व डडेलधुरा बन्ने मन्त्री देउवाको भनाई छ । 

पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा पश्चिम सेती परियोजनाको सम्झौता सम्पन्न भै कार्यान्वयनमा रहेको बताउँदै मन्त्री देउवाले यस क्षेत्रमा अब रोजगारी सिर्जना र समग्र सुदुरपश्चिमकै आर्थिक विकासमा सहयोग पुग्ने उल्लेख गरे । महोत्सवको उद्घाटन नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले गरेकी थिइन् ।

‘कृषि, पर्यटन, उद्योग र व्यापार समृद्व डडेलधुराको आधार’ भन्ने मुल नाराका साथ विहीबारबाट ५औं डडेल्धुरा महोत्सव सुरु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार