थारु होमस्टे महोत्सवमा आज अन्नुको बेजोड प्रस्तुति

माैलिक संवाददाता 2140+ समाचार ( )
१५ पौष २०७९, शुक्रबार

धनगढी । थारु होमस्टे गाउँ भादा महोत्सवको आज दोस्रो दिन हो । महोत्सवमा आज राष्ट्रिय कलाकार अन्नु चौधरीसहित महालोक गायक मनिराम चौधरी, स्थानीय कलाकार रितु चौधरी, हास्यकलाकार सुरदिन चौधरी, र्‍यापर राज चौधरी, मोडल तथा डान्सर नानु चौधरी र निशा चौधरीको प्रस्तुति रहने अध्यक्ष लक्ष्मी नारायण चौधरी जानकारी दिए ।

साथैै महोत्सवलाई मनोरञ्जनात्मक बनाउनको लागि प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति, स्थानीय थारू नाचगानमा सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की, मुंग्रहुवा, हुर्डङवा, छोक्रा, बर्का नाँच, अखरिया नाँच, कठघोरी नाँचगानको प्रस्तुति रहने जनाइएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा पुस १४ गतेदेखि १७ गतेसम सञ्चालन हुनेछ । ‘संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नारा सहित ‘थारु होमस्टे गाउँ भादा महोत्सव २०७९’ सञ्चालन हुन लागेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार