बाजुराका एक युवक भारतमा मृत फेला

माैलिक संवाददाता 2140+ समाचार ( )
३ वैशाख २०७९, शनिबार

बाजुरा । बाजुराका एक युवक भारतमा मृत फेला परेका छन् । बाजुराको बडिमालिका नगरपालिका १ पाटाका २३ वर्षीय विश्वराज पण्डित भारतको उत्तराखण्ड पौडी गणवाको पाबु भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।

बाजुराबाट करिब छ महिनाअघिनै श्रीमतीसहित भारत गएका उनी वैशाख १ गते बिहान ९ बजे नदीमा मृत अवस्थामा फेला परेका थिए । कोठाबाट बिहान ५ बजे निस्केका पण्डित ९ बजेसम्म पनि कोठामा नआएपछि उनकी श्रीमती लगायत आफन्तले खोजी गर्दा नजिकैको नदीमा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन्।

मृत फेला परेका उनलाई पुलिसले पौडी जिल्ला अस्पताल लगेको र शुक्रबार पाबुमा अन्तिम सँस्कार गरिएको आफन्तले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार