अछाममा घरभित्र पुरिएका ४ जनाको शव भेटियो, १२ जना बेपत्ता

माैलिक संवाददाता 733+ समाचार ( )
१ अशोज २०७९

धनगढी । लगातारको वर्षाले अछाममा ठूलो धनजनको क्षति गरेको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चारवटाभन्दा धेरै घर पुरेको छ । 

पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

कमलबजार –६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको अछाम प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले नेपाल लाइभलाई बताए । उनका अनुसार कमलबजारबाट ७ जनालाई जीवितै उद्धार गरिएको छ । 

उता, तुर्माखाँद–५ मा पनि ९ जना बेपत्ता भएको खबर आएको डीएसपी डाँगीले बताए । त्यहाँका लागि प्रहरी घटनास्थल पुग्दैछ भने कमलबजारमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ । 

अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा खोजीमा समस्या भएको डीएसपी डाँगीले बताए । 

प्रतिक्रिया