अनिलाको आफ्नै शब्द र स्वरमा ‘प्यारी छोरी’ (भिडियोसहित)

माैलिक संवाददाता 2140+ समाचार ( )
१५ मंगशिर २०७९, बिहीबार

काठमाडौं । गायिका तथा गीतकार अनिला राईले आफ्नो पछिल्लो भिडियो सार्वजनिक गरेकी छन् । छोरीप्रति समर्पित गीत ‘प्यारी छोरी’ बोलको गीतलाई उनले भिडियोमा ल्याएकी हुन् ।

गायिका अनिलाले केही समयअघि मात्र छोरीको नाममा ‘एन्जेलिना’ नामक गीति एल्बम सार्वजनिक गरेकी थिइन् । उक्त आफ्नो सातौँ सोलो एल्बम ‘एन्जेलिना’मा संग्रहीत गीतमध्ये एक हो ‘प्यारी छोरी’ ।

गएको शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा शान्तिराम राईको संगीत रहेको छ भने स्वर र शब्दरचना अनिलाकै रहेको छ । टार्जन लिम्बूको छायाँकन रहेको भिडियोमा अनिला र आफ्नी छोरी एन्जेलिना नै फिचरिङ छन् । आदिम आवाज अनलाइन टिभी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोलाई गीतकार टिका चाम्लिङले निर्देशन गरेका हुन् ।

गायिका अनिलाले यसअघि ‘एन्जेलिना’ एल्बमकै केही गीतको भिडियो सार्वजनिक गरिसकेका छन् । जसमा आमाप्रति समर्पित ‘आमा’, ब्रिटिस गोरखा आर्मीबारे ‘पपीफूल’लगायत केही रोमान्टिक गीत रहेका छन् । ती गीतको भिडियो आदिमकै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार