वडा सचिवको कार्यकक्षमा तालाबन्दी

माैलिक संवाददाता 2089+ समाचार ( )
१६ श्रावण २०७९, सोमबार

कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका–२ को कार्यालयका वडा सचिवको कार्यकक्षमा तालाबन्दी गरिएको छ । सोमबार कार्यालय समयभन्दा अगाडि नै अपरिचित समूहले वडा सचिवको कार्यकक्षमा तालाबन्दी गरेको बताइएको छ ।

शनिबारको बिदापछि आइतबारका दिन रानाथारु समुदायको तीज पर्वका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । आज वडा कार्यालयका सचिवको कार्यकक्षमा तालाबन्दी गरिएको पाइएको हो । ताला कसले र किन लगाएको हो भन्ने विषयमा कुनै आधिकारिक जानकारी नभएकोे वडा कार्यालयले जनाएको छ । भने सोबारे अनुसन्धान गरिरहेको सुरक्षा निकायले जनाएको छ ।

पछिल्लो तीन हप्तामा मात्रै उक्त वडा कार्यालयमा तीन पटक तालाबन्दी भइसकेको छ । कोभिड राहत र गत कार्तिक महिनामा आएको बाढीले धान, तरकारी लगायतका बालीमा पु¥याएको क्षतिको राहत नपाएको तथा उक्त राहत प्याकेजमा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूले मनपरि गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै