धनगढीमा राष्ट्रिय परीक्षा बोर्डले गर्यो टोल सरसफाइ

माैलिक संवाददाता 1906+ समाचार ( )
१० चैत्र २०७९, शुक्रबार

धनगढी । धनगढीमा डेँगु तथा गर्मी मौसममा हुने फोहोरजन्य रोगबाट बच्न तथा सचेतना जगाउन राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय धनगढीले शुक्रबार कार्यालय परिसर तथा टोल सरसफाइ गरेको छ । 

गाउँ टोल सफा राखी सभ्य नागरिकको परिचय दिन तथा गर्मी मौसममा हुने फोहोरजन्य रोगबाट बच्नका लागि सरसफाइ कार्यक्रम गरिएको कार्यालय प्रमुख उत्तमदेव बिष्टले बताए ।

कार्यालय परिसर मात्रै नभई कार्यालय वरपरको टोल बस्ती तथा सडकमा रहेका फोहोर सफाइ गरिएको बताउँदै उनले भने, ‘आफूहरु अग्रसर भएर टोलबासीले पनि आफ्नो गाउँ टोल आफै सरसफाइ गरुन् भन्ने शिक्षा दिन पनि हामीले यो अभियान थालेका हौँ ।’

पछिल्लो समयमा डेँगु रोगको प्रकोप बढ्न थालेको र त्यसको निरकरण भनेकै सरसफाइ भएकाले पनि आफू बस्ने ठाउँ वरपर सरसफाइ गर्नु पर्ने उनले बताए । शुक्रबार बिहानै कार्यालय प्रमुख बिष्टसहित कर्मचारी मिलेर सरसफाइ गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार