कैलालीबाट चुनाव लड्दै बलायर

माैलिक संवाददाता 733+ समाचार ( )
५ अशोज २०७९

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायर कैलाली-४ बाट निर्वाचन लड्ने भएका छन् । यसअघि गृहजिल्ला डोटीबाट निर्वाचन लड्ने रटान लगाउँदै आएका बलायर कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएका हुन् । 

सत्ता गठबन्धनमा एकीकृत समाजवादीका नेता प्रेम आलेले पनि डोटीबाटै लड्ने आकांक्षा राखेपछि बलायरलाई कैलाली-४ ल्याउने तयारी गरिएको बताइएको छ । उनलाई बालुवाटारले कैलाली-४ बाट निर्वाचन लड्नका लागि तयारी गर्नसमेत भनिसकेको बताइएको छ । २०७४ मा बामगठबन्धनबाट आलेले डोटीमा बलायरलाई पराजित गर्दै निर्वाचन जितेका थिए ।

तर यहाँ क्षेत्रीय समितिले भने केन्द्रीय सदस्य नैनसिंह महरसहित डा. लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो । गत निर्वाचनमा कैलाली-४ मा बामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । अहिले पनि नेकपा एमालेबाट लेखराज नै उम्मेदवार छन् ।

प्रतिक्रिया