घोडाघोडीमा किसानलाई व्यवसायी बनाउन तालिम

माैलिक संवाददाता 2140+ समाचार ( )
२७ आश्विन २०७९, सोमबार

कैलाली  कैलालीमा दुई दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । सेवक नेपाल, युएनडिपी र घोडाघोडी नगरपालिकाको संयुक्त साँझेदारीमा घोडाघोडीका ३० जना किसानलाई व्यवसायी बनाउने उद्देश्यका साथ तालिम दिइएको हो ।

आइतबार सम्पन्न तालिममा घोडाघोडी नगरपालिका कृषि शाखाका प्रमुख जनकबहादुर धामी, गणेश शाही र रोजगारशाखाका रोहीत जोशी प्रशिक्षक रहनु भएको थियो । दुई दिने तालिममा सहभागी किसानलाई बेमौसमी तरकारी खेतीका प्रकार, उत्पादन र रोगनियन्त्रण र बजारीकरण लगायतका विषयमा जानकारी गराइएको थियो 

अधिकांश महिला सहभागिता रहेको उक्त तालिमको समापन कार्यक्रममा सेवक नेपालका अध्यक्ष पवन भट्टले महिलालाई व्यवसायी बनाउन तालिमले सहयोग पुगाउने विश्वास व्यक्त गरे । उनले तालिमसँगै व्यवसायी बेमौसमी तरकारी खेती गर्ने किसानलाई प्राविधिक  लगायत अन्य कृषी औजारमा सहयोग गर्ने बताए । उनले यस कार्यक्रममा महिला किसानलाई व्यवसायमा जोड दिएको जनाए ।

सेवक नेपालका कार्यक्रम संयोजक ईन्द्रराज जोशीले घोडाघोडी नगरपालिकामा सञ्चालित परियोजनाबारे जानकारी गराउदै वडा नम्बर १, ३ र ८ का ३० जना किसानलाई व्यवसायी बनाउन तालिमले सहयोग पुर्याउने बताए । उनले विभिन्न मापदण्ड अन्र्तगत  छनौट भएका दलित, जनजाति सिमान्तकृत किसानलाई वेमौसमी तरकारी खेती, पशुपालनका लागि तालिमसंगै व्यवसायी बनाउन संस्थाले सहयोग गर्ने बताए ।  उनले थप २० जना किसान छनौट गरी दोस्रो चरणमा तालिम दिई नगरपालिकामा ५० जना किसानलाई व्यवसायी बनाउने लक्ष्य रहेको जानकारी दिए । 

तालिममा सहभागीमध्ये केही व्यवसायी तरकारी खेती गर्दै आएका किसान सहभागी थिए भने धेरै नयाँ व्यवसायी खेतीका लागि ईच्छुक रहेका थिए । तालिममा सहभागी अधिकांशले तालिममा सिकेका कुरालाई व्यवहारमा लागूगर्ने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार