यस्ता बिरामीका लागि पुदिना सेवन हानीकारक

माैलिक संवाददाता 2089+ समाचार ( )
१४ जेठ २०८०, आइतबार

भान्सामा विभिन्न परिकारका खानामा प्रयोग हुने पुदिना ओषधीय गुण भएको वनस्पति हो । पुदिनामा औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । पुदिना धेरै जसो मानिसहरुको घरमा पाइन्छ ।

पुदीनाबाट दन्तमंजन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाईन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ ।

पुदिना वा पुदिनाको पातमा आफैमा धेरै औषधीय प्रभावहरु रहेका हुन्छन, जसको सेबनले शरिरलाई अत्यधिक लाभदायक मानिन्छ । पुदिनाको पातले हरियो सलाद, चटनी, राइता र पुदीना चियासहित विभिन्न प्रकारका खानाहरूमा छुट्टै र अद्वितीय स्वाद थप्छ ।

पदिनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पदिना ज्यादै उपयोगी मानिन्छ । यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूट्रिन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ ।

यसले गाँठा, गुँठीको रक्तकोषिकामा प्रहार गर्दछ । ताजा हरियो र अर्गेनिक पुदिनामा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । यसको स्वाद र सुगन्धले भोजन रुचिकर हुन्छ । पदिनामा कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी, पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ ।

यसको सम्भावित स्वास्थ्य लाभहरू भए पनि कतिपय अवस्थामा यो हानिकारक पनि हुने भएकाले यसको प्रयोग गर्नु अघि तपाईंले एक योग्य चिकित्सकसँग परामर्श भने गर्नुपर्छ ।

तर यो विश्वास गरिन्छ कि जब कुनै चीज आवश्यकता भन्दा बढी प्रयोग गरिन्छ, यसको साइड इफेक्ट हाम्रो शरीरमा देखा पर्दछ। यसरी धेरै मात्रामा पुदिनाको सेवनले केही नोक्सान हुन सक्छ ।

पुदिनाबाट हुन सक्ने बेफाइदाहरू

१. ग्यास्ट्रो ओसोफेजियल रिफ्लक्स रोगबाट पीडित व्यक्तिहरूले पुदिनाको प्रयोग नगर्न सुझाब दिइन्छ ।

२. गर्भावस्थामा पुदिनाको चिया पिउनाले गर्भपतनको जोखिम धेरै पटक बढ्छ, त्यसैले महिलाले गर्भावस्थामा यसको प्रयोग गर्नु हुँदैन ।

३. पुदिनाको अत्याधिक प्रयोगले तपाईको मिर्गौला र आन्द्रालाई हानि पुर्‍याउन सक्छ।

४. मृगौलाको रोगीले नियमित पुदिना सेवन गर्दा झन समस्यामा ल्याउन सक्छ ।

५. यसले रगतमा चिनिको मात्रा कम गराउँछ ।

६. ७/८ बर्ष भन्दा मुनिका बालबालिकाको लागि पुदिना राम्रो मानिदैन ।

७. जसको छाला संवेदनशील छ, उनीहरूलाई मेन्थोलसँग एलर्जी हुन सक्छ। त्यसैले तिनीहरूले यसको सेवन गर्नुपर्छ र यसबाट टाढा रहनुपर्छ ।

८. कलेजोको बिरामीले पनि सकेसम्म पुदिनाको सेवन नगर्नु राम्रो हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार