सुदूरपश्चिममा १८ हजार मतदाता थपिए

माैलिक संवाददाता 2140+ समाचार ( )
८ अशोज २०७९, शनिबार

डोटी । सुदूरपश्चिममा स्थानीय तहको निर्वाचन भन्दा १७ हजार आठ सय ५४ मतदाता थपिएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यस प्रदेशमा १६ लाख ५८ हजार, चार मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा १६ लाख ३२ हजार एक सय ५० मतदाता रहेका थिए ।

आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा महिला मतदाताको संख्या आठ लाख ३१ हजार चार सय ७० र पुरुष मतदाताको संख्या आठ लाख ६ सय ६२ रहेको थियो । आउने निर्वाचनका लागि महिला मतदाता आठ लाख ४२ हजार सात सय ७४ र पुरुष मतदाता संख्या ८ लाख १५ हजार दुई सय १२ रहेको छ ।

सुदूरपश्चिमा पुरुष भन्दा महिला मतदाता २७ हजार पाँच सय ६२ ले बढी छन् । १८ जना अन्य मतदाताहरु रहेका निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनमा यस जिल्लामा पाँच लाख २५ हजार एक सय २५ मतदाता रहेका थिए ।

कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, अछाममा एक लाख ५८ हजार ६ सय ५७, बैतडीमा एक लाख ५० हजार एक सय ५६ र डोटीमा एक लाख २४ हजार आठ सय ७० मतदाता रहेका छन् । यस्तै, बझाङमा एक लाख २२ हजार तीन सय ७६, डडेल्धुरामा ९१ हजार दुई सय एक, दार्चुलामा ८९ हजार एक सय ५४ र बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता रहेका छन् ।

स्थानीय तहको निर्वाचन भन्दा कैलालीमा १० हजार तीन सय ८९, कञ्चनपुरमा सात हजार एक सय ५५, अछाममा दुई हजार तीन सय ७४, बैतडीमा एक हजार पाँच सय ५० र डोटीमा एक हजार तीन सय १६ मतदाता थपिएका छन् । यस्तै, बझाङमा दुई सय ३९, डडेल्धुरामा एक हजार ८०, दार्चुलामा आठ सय ६९ र बाजुरामा आठ सय ७७ मतदाता थपिएका छन् ।

४३ मतदान केन्द्र थपिए

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन भन्दा आउने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ४३ मतदान केन्द्र थपिएका छन् । स्थानीय तह निर्वाचनमा दुई हजार एक सय तीन मतदान केन्द्र रहेकामा आउने निर्वाचनका लागि दुई हजार एक सय ४६ मतदान केन्द्र कायम गरिएको छ । प्रदेशभित्र २६ मतदान स्थल थप भएका छन् । गत निर्वाचनमा एक हजार एक सय ३५ मतदान स्थल रहेकामा अब एक हजार एक सय ६१ पुगेका छन् ।

डडेल्धुरामा सवैभन्दा बढी १३ मतदान केन्द्र्र थप भएका छन् । यस जिल्लामा स्थानीय तहको निर्वाचनमा एक सय २६ मतदान केन्द्र रहेकामा हाल एक सय ३९ पुर्‍याइएको छ । यस जिल्लामा २१ नयाँ मतदान स्थल पनि थप गरिएको छ । डडेल्धुरामा गएको निर्वाचनमा ८० मतदान स्थल रहेकामा अब एक सय एक कायम भएका छन् ।

कैलाली जिल्लामा १० मतदान केन्द्र थपिएका छन् । यस जिल्लामा गत निर्वाचनमा ६ सय १९ मतदान केन्द्र रहेकामा यस पटक ६ सय २९ पुगेका छन् । कैलालीमा एक मतदान स्थल पनि थप भएको छ । कञ्चनपुरमा पाँच मतदान स्थल थपिएका छन् । यस जिल्लामा गत निर्वाचनमा तीन सय ४१ मतदान केन्द्र रहेकामा हाल तीन सय ४६ मनाइएको छ ।

यस्तै अछाममा दुई सय सात निर्वाचन केन्द्र रहेकामा दुई सय आठ बनाइएको छ । बैतडीमा दुई सय पाँच मतदान केन्द्रबाट दुई सय १० पुर्‍याइएको छ । डोटीमा एक सय ७१ मतदान केन्द्र रहेकामा ६ नयाँ थप भई एक सय ७७ मतदान केन्द्र भएका छन् ।

बझाङमा एक केन्द्र थप भएको छ । यस जिल्लामा पहिले एक सय ८३ केन्द्र रहेकामा हाल एक सय ८४ बनाइएको छ । दार्चुलामा दुई मतदान केन्द्र थप भएका छन् । यसअघि एक सय ३९ मतदान केन्द्र रहेकामा अब एक सय ४१ पुगेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार